Place your Ads here

वर्षौँ पछि मुहार फेर्दै नयाँबजार

वर्षौँ पछि मुहार फेर्दै नयाँबजार || प्रसिद्ध आचार्य

वर्षौँ पछि मुहार फेर्दै नयाँबजार || प्रसिद्ध आचार्य, Nayabazar, Ilam, nayabazar pitch

"नयाँबजार" नेपालको पूर्वी भाग, इलाम जिल्लामा अवस्थित छ। यो माइजोगमाई गाउँपालिकाको सदरमुकाम हो। नयाँबजार एकदमै रमणिय ठाँउ छ, यहाँ खानेपानी, विद्यालय, अस्पताल आदिको राम्रो व्यवस्था छ तर लामो समयदेखि नयाँबजारमा सडकको उचित सुविधा थिएन

"सडक" विकासको मुख्य कारक हो, कुनै पनि स्थानको विकासमा सडकले महत्त्वपूर्ण भूमिका खेल्छ। विगतमा नयाँबजारका जनतासँग सडकको उचित सुविधा थिएन, यहाँका बासिन्दाले सडकका लागि निकै संघर्ष गर्नुपरेको थियो, वर्षायाममा सडक भत्किने, पहिरो जाने, सडकमा पहिरो आउने र विभिन्न किसिमका प्राकृतिक प्रकोपहरुले सडक अवरुद्ध हुने गरेका कारण वर्षायाममा आवतजावत पूर्णरुपमा ठप्प हुने गरेको थियो । नयाँबजारदेखि फिक्कलसम्म १९ किलोमिटर र नयाँबजारदेखि इलामसम्म २० किलोमिटरको दुरीमा कालोपत्रे सडक छ, ति फिक्कल र इलामका कालोपत्रे बाटाहरु पुग्नका लागि नयाँबजारका मानिसले धेरै किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता थियो ।

विगतमा नयाँबजारका जनताले सडक निर्माणका लागि धेरै परिस्थितिको सामना गर्नुपरेको थियो, सरकारले सडक निर्माणका लागि धेरै कार्यक्रम पनि ल्याएको थियो, तर हरेक योजना र कार्यक्रम फ्लप हुन्थे, कहिले ठेकेदार पैसा खाएर काम छोडेर भाग्थे, कहिले बजेट सकिन्थ्यो, कहिले प्राकृतिक प्रकोप आउँथ्यो र सडक निर्माण रोकिन्थ्यो ।

तर, यसपटक फिक्कलदेखि नयाँबजारसम्मको सडक तीव्र गतिमा कालोपत्रे भइरहेको छ । अहिले ठेकेदार (खनाल कन्स्ट्रक्सन) पनि राम्रो छ, सिजन पनि राम्रो छ र काम धमाधम भइराखेको छ । अब नयाँबजारका बासिन्दाले सडकको उचित सुविधा पाएका छन् । ठेकेदार (खनाल कन्स्ट्रक्सन) का अनुसार आर्थिक वर्ष सकिनु अघि नै कालोपत्रेको काम सक्किने छ ।

२०७९ माघदेखि खनाल कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्न थाल्यो । पहिलो अवधिमा फिक्कलदेखि पान्दम खोला सम्मको सडक खण्डमा कालोपत्रे गरेको थियो भने दोस्रो अवधिमा नयाँबजारदेखि दोकानडाँडा सम्मको सडक खण्डमा कालोपत्रे गर्यो । फिक्कलदेखि पान्दम खोला सम्मको सडक खण्डमा कालोपत्रे प्रक्रिया अन्तिम भइसकेको छ भने नयाँबजारदेखि दोकानडाँडा खण्डमा दोस्रो तहको कालोपत्रे प्रक्रिया भइरहेको छ । ठेकेदारले केही दिन सडक बन्द गरेर सडक कालोपत्रे गरेर फेरि बाटो खोल्छन् । सडक अवरुद्ध हुँदा सवारीसाधनलाई फिक्कल जान लामो बाटो घुम्नु पर्छ । यो एकदम गाह्रो छ, तर यो एक व्यवस्थित कालोपत्रे सडक को लागी हो, त्यसर्थ अलिकती दु:ख सहन पर्छ ।

Place your Ads here

खनाल कन्स्ट्रक्सनको ठेकेदारका अनुसार आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा सडकको कालोपत्रेको काम सम्पन्न हुनेछ । फिक्कलदेखि नयाँबजारसम्मको सडकको कालोपत्रेको काम पूर्ण रूपमा सम्पन्न भएपछि नयाँबजारका बासिन्दाले धेरै राहत पाउनेछन् । उनीहरूलाई फिक्कल, इलाम, बिर्तामोड लगायत सहरमा आवतजावत गर्न सहज हुने साथै जनताको समय र खर्चको पनि बचत हुनेछ ।

तस्विरहरु

Nayabazar Maijogmai Ilam Pitch
Nayabazar Maijogmai Ilam Pitch
Nayabazar Maijogmai Ilam Pitch
Nayabazar Maijogmai Ilam Pitch
Nayabazar Maijogmai Ilam Pitch


Getting Info...

About the Author

Prasiddha Acharya is the author of prasiddhaacharya.com.np, a popular news platform in Nepal. Prasiddha Acharya provides complete NEB notes of Class 10, 11 12, with important questions and other study materials, authentic News about NEB, National & International Incident & many more...

Post a Comment ( Once signed-up, you won't need to sign in again )




Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.